सोमबार, कात्तिक ९, २०८३

जेलमै मारिए उत्तर प्रदेशका ग्याङस्टार मुन्‍ना

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- उत्तरप्रदेशका ग्याङस्टार मुन्ना बजरंगीको जेलमै हत्या भएको छ। दश दिन पहिलेमात्र उनकी पत्नीले नक्कली इनकाउन्टर हुनसक्ने बताएकी थिईन।

जुन २९ मै बजरंगीको श्रीमती सिमाले मुख्यमन्त्री  योगी आदित्यनाथलाई आफ्ना पतिलाई जेलमै खतरा रहेको बताउन चाहेकी थिईन।

बागपत उत्तर प्रदेशको ग्याङस्टार प्रेम प्रकाश उर्फ मुन्ना बजरंगीको सोमबार बागपत जेलमा गोलीहानी हत्या गरीएको हो। बहुजन समाजवादी पार्टी लोकेश दिक्षीतसँंग फिरौती मागेको आरोपमा पेसीकोलागि बजरंगीलाई झाँसीबाट बागपात लगिएको थियो।

बजरंगी माथी हत्या तथा फिरौती मा कयौं मुद्धा दायर छन । जिल्ला कारागारमा जब कैदीहरुको गणना भयो त्यस क्रममा बजरंगीको हत्या भैसकेको थियो । 
बजरंगी माथी भारतीय जनता पार्टी का विधायक कृष्णनन्द रायको हत्याको आरोप समेत लागेको थियो। 
 
गत जुन २९ मा बजरंगीकी श्रीमती सीमा सिंहले बयानमा भनेकी थिईन, ‘मैले मुख्यमन्त्रीसम्म यो कुरा पुर्याउन चाहान्छु कि मेरो श्रीमानको ज्यानको खतरा छ। उनलाई उचित सुरक्षा दिनुपर्छ। उनीमाथी नक्कली इन्काउन्टरको योजना बनाईएको छ। उत्तर प्रदेसको स्पेसल टाक्स फोर्स तथा प्रहरीका अधिकारी योजना बनाईरहेका का छन कि उनलाई नक्कली इनकाउन्टरमा मारीदिनु पर्छ।’ 

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।