बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेसमा १३४ पदमा ५४८ उम्मेदवार, प्रथम नामावली प्रकाशित (सूचीसहित)

कांग्रेसमा १३४ पदमा ५४८ उम्मेदवार, प्रथम नामावली प्रकाशित (सूचीसहित)

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा नयाँ नेतृत्वका लागि शनिबारबाट चुनावी प्रक्रिया सुरु भएको छ। शनिबार १३४ पदका लागि ५४८ जनाले मनोनयन दर्ता गराएका हुन्।
 |  आइतबार, मंसिर २६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २६, २०७८

काठमाडौं- नेपाली कांग्रेसको १४औं महाधिवेशनमा नयाँ नेतृत्वका लागि शनिबारबाट चुनावी प्रक्रिया सुरु भएको छ। शनिबार १३४ पदका लागि ५४८ जनाले मनोनयन दर्ता गराएका हुन्।

कांग्रेस केन्द्रीय निर्वाचन समितिले शनिबार मध्यराति नेपाली वर्णानुक्रमानुसार उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेको छ।

जसअनुसार सभापतिमा ६ जनाले उम्मेदवारी दर्ता गराएका छन्। क्रम अनुसार सभापतिका लागि कल्याणकुमार गुरुङ, युवराज न्यौपाने, प्रकाशमान सिंह, डा शेखरप्रसाद कोइराला, विमलेन्द्र निधि र शेरबहादुर देउवालो उम्मेवादरी दर्ता गराएको समितिले जानकारी दिएको छ। 

दुई उपसभापति पदका लागि सात जनाले उम्मेदवारी दर्ता गराएका छन्। जसमा महेश आचार्य, सुजाता कोइराला, डा चन्द्र भण्डारी, धनराज गुरुङ, दिव्यश्वरी शाह, पूर्णबहादुर खड्का र विजयकुमार गच्छदार रहेका छन्।

दुई महामन्त्री पदका लागि ६ जनाको उम्मेदवारी परेको छ। जसमा गगनकुमार थापा, डा. मिनेन्द्र रिजाल, विश्वप्रकाश शर्मा, डा राजाराम कार्की, प्रदीप पौडेल र डा प्रकाशशरण महत रहेका छन्।

प्रकाशित: Dec 12, 2021| 07:00 आइतबार, मंसिर २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...