सोमबार, कात्तिक ९, २०८३

बहुमुल्य रुबी सहित नौ जना पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- पत्थरको रानी भनेर चिनिने अबैध रुबी सहित महानगरीय प्रहरी परिसर काठमाडौंले नौ जनालाई पक्राउ गरेको छ। 

महानगरीय प्रहरी वृत दरबारमार्गबाट खटिएको टालिले ज्याँठाबाट चार थान रुबिसहित जाजरकोट कुसे ८ का पदम बहादुर थापा, जुनीचाँदै १ का अमृत बुढामगर, त्रिवेणी नलकाट १३ प्रदिप कुमार बोहरालार्इ पक्राउ गरेको हो।

त्यस्तै हुम्ला सर्केगाड २ का सरोज कार्की, बाँके नेपालगन्ज १ का जिबन शर्मा, गोरखा सुलीकोट ३ का सुमन तामाङ, रुकुम आठबिसकोट ६ का मनोज बोहरासमेत पक्राउ परेको महानगरीय प्रहरी परिसरले जनाएको छ। 

काठमाडौं टोखा ९ का राजाराम सिलवाल तथा डोल्पा ठुलीभेरी ३ का भिम बोहरालाई समेत महानगरीय प्रहरी परीसरले पक्राउ गरेको हो। 
 
पक्राउ गरेको ११० ग्राम रुबिका बजार मुल्य २२ लाख पर्ने प्रहरीले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।