बिहीबार, भदौ ४, २०८३

उम्मेदवारी मनोनयनबाट कांग्रेसले उठायो ५९ लाख

२० सहमहामन्त्रीको उम्मेदवारी दर्ताबाट तीन लाख उठाएको समितिले सदस्यबाट मात्र ५० लाख ९० हजार रुपैयाँ उठाएको छ। केन्द्रीय सदस्यका लागि ५०९ जनाले उम्मेदवारी दर्ता गरेका छन्।
 |  शनिबार, मंसिर २५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २५, २०७८

काठमाडौं- नेपाली कांग्रेसको निर्वाचन समितिले १४औँ महाधिवेशनमा उम्मेदवारी मनोनयनबाट झन्डै ५९ लाख रुपैयाँ उठाएको छ। शनिबार साँझ ५ बजे मनोनयन अवधि सकिएपछिको हिसाबमा ५८ लाख ९५ हजार रुपैयाँ आम्दानी भएको हो। 

१३४ केन्द्रीय कार्यसमितिका लागि भएको मनोनयन दर्ताबाट निर्वाचन समितिले यो शुल्क उठाएको हो। समितिले सभापतिका लागि ३० हजार, उपसभापति र महामन्त्रीका लागि २५ हजार, सहमहामन्त्रीका लागि १५ हजार र केन्द्रीय सदस्यका लागि १० हजार मनोनयन दर्ता शुल्क तोकेको थियो। 

निर्वाचन समितिले सभापतिका ६ जना उम्मेदवारबाट मात्र एक लाख ८० हजार शुल्क उठाएको छ। 

त्यसैगरी, उपसभापतिका सात जना प्रत्यासीबाट एक लाख ७५ हजार र ६ जना महामन्त्रीका उम्मेदवारबाट एक लाख ५० हजार शुल्क उठाएको छ। 

२० सहमहामन्त्रीको उम्मेदवारी दर्ताबाट तीन लाख उठाएको समितिले सदस्यबाट मात्र ५० लाख ९० हजार रुपैयाँ उठाएको छ। केन्द्रीय सदस्यका लागि ५०९ जनाले उम्मेदवारी दर्ता गरेका छन्।

प्रकाशित: Dec 11, 2021| 18:37 शनिबार, मंसिर २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...