बिहीबार, भदौ ४, २०८३

एमाले प्रवेश गर्नेको लहर ल्याउँछौँ : ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीमा प्रवेश गर्नेहरूको लहर ल्याउने दाबी गरेका छन्।
 |  शनिबार, मंसिर २५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २५, २०७८

भक्तपुर- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीमा प्रवेश गर्नेहरूको लहर ल्याउने दाबी गरेका छन्। शनिबारबाट भक्तपुरको गट्ठाघरमा सुरु भएको पार्टीको दोस्रो केन्द्रीय कमिटी बैठकमा बोल्दै अध्यक्ष ओलीले पार्टीमा अन्य पार्टीबाट प्रवेश गर्नेहरुको लहर ल्याउने दाबी गरेका हुन्। 

ओलीले आगामी निर्वाचनमा पार्टीको विजय सुनिश्चित हुने गरी जनताको बीचमा पुग्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए। एमालेका लागि मोर्चाबन्दी गरिरहन नपर्ने उनक भनाइ थियो। 

ओलीले पार्टीका नेताहरुलाई हरेक वडा तहमा जाँदा पनि कम्तीमा पनि उक्त वडाका पाँच मुख्य कामबारे जानकारी लिएर आउन निर्देशन दिएका थिए। 

‘पार्टीमा प्रवेश गर्नेहरुको लहरनै ल्याउँछौँ। एमालेलाई कुनै मोर्चासँग गठबन्धन गरिरहनु पर्दैन। जनता हाम्रो साथमा छन्। जनताको साथमा हामी छौं। जनताको सेवकको रुपमा जनताको बीचमा पुगेर जनताका समस्या बुझ्ने कम हामी गर्छौं। यसपछि हामी जनताका बीचमा केही प्रश्नहरु पनि लिएर जान्छौं,' उनको भनाइ थियो। 

अध्यक्ष ओलीले पार्टी मातहतका सबै जनवर्गीय संगठनहरुलाई अविलम्ब अधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्न निर्देशन दिएका थिए। राष्ट्रको अभिभारा एमालेको काँधमा रहेको उल्लेख गर्दै सोही अनुसारका गतिविधिलाई अघि बढाउनुपर्ने ओलीको भनाइ छ।

प्रकाशित: Dec 11, 2021| 18:04 शनिबार, मंसिर २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...