बिहीबार, भदौ ४, २०८३

कांग्रेसमा चर्चित यी ३ नेता जसले उम्मेदवारी दिएनन्

तर नेपाली कांग्रेसको राजनीतिमा बारम्बार खोजी भइरहने तीन जना चर्चित नेताले पनि कुनै पनि पदमा उम्मेदवारी गरेका छन्।
 |  शनिबार, मंसिर २५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २५, २०७८

काठमाडौं- नेपाली कांग्रेसको १४‍औँ महाधिवेशनका लागि उम्मेदवारी दर्ता गर्ने समय सकिएको छ। शनिबार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्मका लागि छुट्याइएको उम्मेदवारी दर्ता अवधिमा सभापतिका लागि ६ जनाले उम्मेदवारी दर्ता गराएका छन्। 

तर नेपाली कांग्रेसको राजनीतिमा बारम्बार खोजी भइरहने तीन जना चर्चित नेताले पनि कुनै पनि पदमा उम्मेदवारी गरेका छन्। नेपाली कांग्रेसमा संस्थापन इतर समूहको टोलीनेता मानिएका रामचन्द्र पौडेल, १३औं महाधिवेशनमा नै संस्थापन इतरसँग असन्तुष्ट भएर नयाँ समूहबाट राजनीति गर्दै कृष्णप्रसाद सिटौलाले कुनै पनि पदका लागि उम्मेदवारी दर्ता नगरेका हुन्। 

गत महाधिवेशनमा सिटौलाले अन्तिम समयमा शेरबहादुर देउवालाई सघाएपछि पौडेल पराजित बनेका थिए। यसपटक देउवा समूहबाट विमलेन्द्र निधि बाहिरिएर उनले सभापतिमा उम्मेदवारी दर्ता गरेका छन्। 

यस्तै उम्मेदवारी दिने अपेक्षा गरिएका वर्तमान परराष्ट्रमन्त्री डा नारायण खड्काले पनि कुनै पनि पदमा उम्मेदवारी दिएका छैनन्। 

पौडेल आफ्नो समूहलाई एक बनाउन नसकेपछि सभापतिको दौडबाट पछि हटेका थिए भने सिटौलालाई उपसभापतिमा उम्मेदवार बन्नुपर्ने आफ्नै समूहमा दबाब भएपनि उनी आफ्ना नेता व्यवस्थापनमा बढी चासो राख्दै आएका थिए। देउवा टिमबाट उपसभापतिमा चुनाव लड्दा आफ्नो समूहले महामन्त्री पद गुमाउन सक्ने भएकाले उनी पछि हटेका हुन्। 

प्रकाशित: Dec 11, 2021| 17:38 शनिबार, मंसिर २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...