बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस : सभापति र महामन्त्रीमा ६-६ र सहमहामन्त्रीमा १९ जनाको उम्मेदवारी

कांग्रेस : सभापति र महामन्त्रीमा ६-६ र सहमहामन्त्रीमा १९ जनाको उम्मेदवारी

बेलुका ५ बजे सकिएको उम्मेदवारी दर्ता कार्यक्रम अन्तर्गत सभापति (एक) र महामन्त्री (दुई) पदका लागि हरेक पदमा ६-६ जनाको उम्मेदवारी परेको छ। त्यसैगरी उपसभापति (दुई) पदका लागि सातजनाको र कलस्टरसहितको सहमहामन्त्रीका लागि १९ जनाले उम्मेदवारी दिएका छन्।
 |  शनिबार, मंसिर २५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २५, २०७८

काठमाडौं- नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि शनिबार बिहान १० बजेदेखि सुरु भएको उम्मेदवारी दर्ता कार्यक्रम सकिएको छ। बेलुका ५ बजे सकिएको उम्मेदवारी दर्ता कार्यक्रम अन्तर्गत सभापति (एक) र महामन्त्री (दुई) पदका लागि हरेक पदमा ६-६ जनाको उम्मेदवारी परेको छ। त्यसैगरी उपसभापति (दुई) पदका लागि सातजनाको र कलस्टरसहितको सहमहामन्त्रीका लागि १९ जनाले उम्मेदवारी दिएका छन्।

त्यसैगरी ३५ जना खुला सदस्यका लागि १०९ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिका सदस्य तेज रावलले जानकारी दिए।

सभापतिमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कल्याण गुरुङ र युवराज न्यौपानले उम्मेदवारी दिएका छन्। त्यसैगरी उपसभापतिमा विजयकुमार गच्छदार, पूर्णबहादुर खड्का, चन्द्र भण्डारी, धनराज गुरुङ, सुजाता कोइराला, महेश आचार्य र दिव्यश्वरी शाहले उम्मेदवारी दिएका छन्। 

महामन्त्रीको दुई पदका लागि प्रकाशशरण महत, प्रदीप पौडेल, मिनेन्द्र रिजाल, गगनकुमार थापा, विश्‍वप्रकाश शर्मा र राजाराम कार्कीले उम्मेदवारी दिएका छन्।

कांग्रेसको निर्वाचन समितिले मतदाताहरुको अन्तिम नामावली प्रकाशनसमेत शुक्रबार गरिसकेको छ। आइतबार बिहान ८ बजेदेखि १० बजेसम्म मनोनयन पत्रमाथि पर्ने दाबी विरोध दर्ता गर्ने, जाँचबुझ गर्ने कार्यतालिका छ। 

यस्तै समितिले आइतबार बिहान १० देखि मध्यान्ह १२ बजेसम्म सो दावी विरोध उपर निर्णय गर्ने, मध्यान्ह १२ देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको नेपाली वर्णानुक्रम (देवनागरिक लिपी) पहिलो नाम प्रकाशित गर्ने कार्यतालिका तय गरेको छ। 

निर्वाचन समितिले आइतबार दिउँसो नै ३ देखि ४ बजेसम्म मनोनयन फिर्ताको समय छुट्टयाएको छ। साँझ ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र २७ गते मतदान गर्ने निर्वाचन समितिले जनाएको छ। 

प्रकाशित: Dec 11, 2021| 17:25 शनिबार, मंसिर २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...