बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • महामन्त्रीका दाबेदार खाण र कार्कीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

महामन्त्रीका दाबेदार खाण र कार्कीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (खुला)का लागि नेपाली कांग्रेसका नेताहरु बालकृष्ण खाण र ज्ञानेन्द्रबहादुर कार्कीले उम्मेदवारी दर्ता गराएका छन्।
 |  शनिबार, मंसिर २५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २५, २०७८

काठमाडौं– नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (खुला)का लागि नेपाली कांग्रेसका नेताहरु बालकृष्ण खाण र ज्ञानेन्द्रबहादुर कार्कीले उम्मेदवारी दर्ता गराएका छन्।

खाण हाल गृहमन्त्री र कार्की सञ्चार तथा सूचना प्रविधिमन्त्री छन्। दुवै महामन्त्रीको दौडमा थिए। देउवा समूहबाट डा. प्रकाशशरण महत र प्रदीप पौडेल महामन्त्रीको उम्मेदवार बनेका छन्। देउवाले कृष्णप्रसाद सिर्टौलाको साथ लिएरु प्यानल बनाएपछि खाण र कार्की  पदाधिकारीमा नअटाएका हुन्। 

कांग्रेसको महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि उम्मेदवारी दर्ता गराउनेक्रम जारी छ। यसका लागि अहिले ५ बजेसम्मको समय तोकिएको छ। 

प्रकाशित: Dec 11, 2021| 16:55 शनिबार, मंसिर २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...