शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • देउवाले एनपीलाई महामन्त्री नदिएपछि प्रकाशमान र निधिको अफर, भने- असन्तुष्ट छु तर विद्रोह गर्दिनँ'

देउवाले एनपीलाई महामन्त्री नदिएपछि प्रकाशमान र निधिको अफर, भने- असन्तुष्ट छु तर विद्रोह गर्दिनँ'

देउवा समूहबाट महामन्त्रीको उम्मेदवार बन्‍न योग्य हुँदाहुँदै पनि उम्मेदवार नबनाएपछि उनले असन्तुष्टि व्यक्त गरेका छन्। उनी निकट एक नेताले भने, 'एनपीजी सधैं देउवा नै भनेर खटिनु भयो। टिम जोगाउनुपर्छ भन्‍ने मान्यता राख्‍ने उहाँ (एनपी) लाई अहिले महामन्त्री बनाउनुपर्छ भन्‍ने व्यापक दबाब हुँदाहुँदै पनि उम्मेदवार बनाइन। त्यसकारण निकै अस्तुष्ट हुनुहुन्छ।'
 |  शनिबार, मंसिर २५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २५, २०७८

काठमाडौं- नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा संस्थापन (शेरबहादुर देउवा) समूहबाट महामन्त्रीका दाबेदार एनपी साउद सूचीमा अटाएनन्। देउवा समूहबाट महामन्त्रीको उम्मेदवार बन्‍न योग्य हुँदाहुँदै पनि उम्मेदवार नबनाएपछि उनले असन्तुष्टि व्यक्त गरेका छन्।

'एनपीजी सधैं देउवा नै भनेर खटिनु भयो। टिम जोगाउनुपर्छ भन्‍ने मान्यता राख्‍ने उहाँ (एनपी) लाई अहिले महामन्त्री बनाउनुपर्छ भन्‍ने व्यापक दबाब हुँदाहुँदै पनि उम्मेदवार बनाइएन। त्यसकारण निकै अस्तुष्ट हुनुहुन्छ,' उनी निकट एक नेताले भने। 

संस्थापन पक्षबाट महामन्त्रीको उम्मेदवार नबनेका एनपीलाई प्रकाशमान सिंह र विमलेन्द्र निधिले आफ्नो टिममा आउनका लागि अफर गरेका हुन्। 

सभापतिमा उम्मेदवारी दर्ता गराउँदै फर्किने क्रममा विमलेन्द्र निधिले एनपीलाई भने, 'तिमी कता हिडिराछौं, मेर‍ो टिममा आऊ।'

नेता साउदले भने मुसुक्क हाँसे र निधिलाई जितको शुभकामना दिए। 

एनपीलाई निधि आफ्नो टिममा आउन आग्रह गर्दै ।

लामो समयदेखि देउवा टिममा रहेका साउद आफ्नो समूहबाट महामन्त्रीका दाबेदार थिए। तर, देउवाले सिटौला समूहका प्रदीप पौडेल र आफ्नो टिमका प्रकाशशरण महतलाई महामन्त्रीको उम्मेदवार बनाएपछि एनपी महामन्त्रीको उम्मेदवार बन्‍न पाएनन्।

एनपीलाई प्रकाशमान सिंहले पनि महामन्त्रीका लागि अफर गरेका हुन्। सिंहको प्यानलका महामन्त्रीका एकजना उम्मेदवार विश्‍वप्रकाश शर्माले भने, ' एनपी दाइलाई महामन्त्री अथवा उपसभापति बन्‍न आउनुस् भनेको, आउन मिल्दैन भन्‍नुभयो।' 

एनपीले प्रकाशमान र विश्‍वप्रकाशलाई पनि जितको शुभकामना दिएका छन्। एनपीले भने सञ्‍चारकर्मीसँग आफू केन्द्रीय सदस्यको उम्मेदारी बन्‍ने बताए। उनल भने, 'मैले अहिले विद्रोह गर्दा अरू रियाक्सन देखिन्छन्। अहिले विद्रोह गर्दिनँ।' 

उनले अहिले विद्रोह गर्दा सुदूरपश्‍चिममा पनि ठूलो तरंग सिर्जना हुने र संस्थापन पक्षनै संकटमा पर्नसक्ने अवस्था आउने भएकोले केन्द्रीय सदस्यमा मात्र उम्मेदवारी दिने बताए। उनले संस्थापनको निर्णयप्रति नै आफू व्यापक असन्तुष्ट रहेकोसमेत बताएका छन्। 

प्रकाशित: Dec 11, 2021| 16:40 शनिबार, मंसिर २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...