काठमाडौं– वीरगन्ज महानगरपालिकाकी उपमेयर शान्ति कार्कीले नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी छन्।९१ वर्षीया कार्कीले महिला खुलातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएकी हुन्।
उम्मेदवारी दर्तापछि कार्कीले भनिन्, ‘स्वच्छ कांग्रेस र महिला अधिकारको लागि मैले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी हुँ। बीपी कोइरालाबाट प्रभावित भएर कांग्रसमा सक्रिय छु।’
काठमाडौंमा जारी कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज उम्मेदवारी दर्ता भइरहेको छ। यसका लागि साँझ ५ बजेसम्मको समय तोकिएको छ।