बिहीबार, भदौ ४, २०८३

प्रकाशमान टिमको महामन्त्रीमा विश्‍वप्रकाश

नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि प्रवक्ता विश्‍वप्रकाश शर्माले प्रकाशमान सिंहको प्यानलबाट महामन्‍त्रीमा उम्मेदवारी दिने भएका छन्।
 |  शनिबार, मंसिर २५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २५, २०७८

काठमाडौं- नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि प्रवक्ता विश्‍वप्रकाश शर्माले प्रकाशमान सिंहको प्यानलबाट महामन्‍त्रीमा उम्मेदवारी दिने भएका छन्। 

१३ औं महाधिवेशनमा देउवा समूहका फर्किएका शर्मालाई प्रवक्ताको जिम्मेवारी दिइएको थियो। उनले यसअघि नै महामन्त्रीको उम्मेदवारी दिने घोषणा गरिसकेका थिए। तर, देउवा समूहको महामन्त्रीको सूचीमा नपरेपछि १४ औं महाधिवेशनमा उनले फेरि देउवाको साथ छोडका हुन्। 

विश्‍वप्रकाशले प्रकाशमानसँगै उम्मेदवारी दर्ता गर्ने बताएका हुन्। प्रकाशमानको टिमबाट सुजाता कोइरालाले उपसभापतिका लागि उम्मेदवारी दिने भएकी छन्। 

संस्थापन इतर समूहका अर्का नेता महेश आचार्यले पनि उपसभापतिका लागि उम्मेदवारी दिइसकेका छन्। 


प्रकाशित: Dec 11, 2021| 15:46 शनिबार, मंसिर २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...