बिहीबार, भदौ ४, २०८३

यस्तो बन्दैछ शेखरको प्यानल

नेपाली कांग्रेसमा संस्थापन इतर समूहले साझा उम्मेदवार तय गर्न नसकेपछि छुट्टाछुटै प्यानल बनाएर उम्मेदवारी दिने भएका छन्।
 |  शनिबार, मंसिर २५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २५, २०७८

काठमाडौं– नेपाली कांग्रेसमा संस्थापन इतर समूहले साझा उम्मेदवार तय गर्न नसकेपछि छुट्टाछुटै प्यानल बनाएर उम्मेदवारी दिने भएका छन्।

उक्त समूहबाट रामचन्द्र पौडेल र शशांक कोइराला पछि हटेका छन् भने प्रकाशमान सिंह र शेखर कोइरालाले प्यानलसहित उम्मेदवारी दिने तयारी गरेका छन्। 

सभापतिमा उम्मेदवारी दिन लागेका शेखरको टिममा उपसभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङ उम्मेदवार बन्ने भएका छन् भने महामन्त्रीमा डा. मीनेन्द्र रिजाल र गगन थापा उम्मेदवार बन्ने तय भएको छ।

शेखरको टिमबाट सहमहामन्त्रीका लागि प्रतिस्पर्धा गर्नेहरुको नाम पनि टुंगो लागेको छ। सहमहामन्त्रीमा दलिततर्फ जीवन परियार, महिलातर्फ कमला पन्त, मधेशीतर्फ रामकृष्ण यादव, थारुतर्फ टिएल चौधरी, पिछडिएको क्षेत्रबाट बद्री पाण्डे, जनजातितर्फ विकास लामा र खसआर्यबाट देवराज चासिले सहमहामन्त्रीका उम्मेदवार बन्ने भएका छन्।


प्रकाशित: Dec 11, 2021| 15:05 शनिबार, मंसिर २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...