काठमाडौं– नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत शनिबार बिहान १० बजेदेखि मनोनयन दर्ताको समय सुरु भएसँगै विभिन्न पदमा उम्मेदवारी दर्ता भइरहेको छ। दिउँसो दुई बजेसम्मको तथ्यांकअनुसार सभापतिदेखि केन्द्रीय सदस्यसम्म गरेर एक सयभन्दा बढीले उम्मेदवारी दर्ता गरेका छन्।
सभापतिमा कल्याण गुरुङ, उपसभापतिमा महेश आचार्य, सहमहामन्त्रीमा बद्री पाण्डे (पिछडिएको क्षेत्र), फरमुल्लाह मन्सुर (मुस्लिम), सुरेन्द्र चौधरी (थारु), मान बहादुर विश्वकर्मा (दलित)को उम्मेदवारी दर्ता भएको छ।
त्यसैगरी केन्द्रीय सदस्यमा पनि उम्मेदवारी दर्ता हुने क्रम जारी छ।