काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मासहित आफ्नो प्यानल घोषणा गर्ने भएका छन्।
आज दिउँसो ३ बजे बाल्मिकी क्याम्पसमा आफ्नो समूहको भेला गरेर कोइरालाले सभापतिमा उम्मेदवारी घोषणा गर्न लागेका हुन्।
गगन र विश्वप्रकाश दुवैले यसअघि नै स्वतन्त्र रुपमा महामन्त्रीमा उम्मेदवारी घोषणा गरिसकेका छन्। त्यसो त शेखरको प्यानलबाटै महामन्त्रीको उम्मेदवार बन्ने तयारी मीनेन्द्र रिजालको पनि छ। उनले पनि महामन्त्रीमा लड्ने घोषणा गरिसकेका छन्।
उता सभापति शेरबहादुर देउवाले प्रकाशशरणलाई महामन्त्रीको उम्मेदवार बनाउने तयारी गरेका छन्। उनको प्यानलबाट महामन्त्रीमा अर्को उम्मेदवार सिटौला समूहका प्रदीप पौडेललाई बनाउने तयारी छ।