बिहीबार, भदौ ४, २०८३

संस्थापन पक्षबाट उपसभापतिमा विजय र पूर्णबहादुरको टुंगो

नेपाली कांग्रेसको आगामी नेतृत्वका लागि सभापतिमा उम्मेदवारी घोषणा गरेका शेरबहादुर देउवाको टिमले अझै पूर्णता पाएको छैन।
 |  शनिबार, मंसिर २५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २५, २०७८

काठमाडौं- नेपाली कांग्रेसको आगामी नेतृत्वका लागि सभापतिमा उम्मेदवारी घोषणा गरेका शेरबहादुर देउवाको टिमले अझै पूर्णता पाएको छैन।

अहिलेसम्म पदाधिकारी उपसभापतिमा विजयकुमार गच्छदार र पूर्णबहादुर खड्काको नाम टुंगो लागेको छ। यसैगरी महामन्त्रीमा प्रकाशशरण महत र प्रदीप पौडेलको नाम चर्चामा रहे पनि टुंगिन बाँकी छ।  

सहमहामन्त्री मुस्लिमबाट फरमुल्ला मन्सुर, पिछडिएका वर्गबाट जीवनबहादुर शाही र महिलाबाट डिना संग्रौला उपाध्यायको नाम टुंगिसकेको छ। 

पार्टीको १४औं महाधिवेशनअन्तर्गत शनिबार मनोनयन दर्ता प्रक्रिया सुरु भइसक्दा पनि नेताहरूले आफ्नो टिमलाई पूर्णता दिन सकेका छैनन्।

प्रकाशित: Dec 11, 2021| 13:14 शनिबार, मंसिर २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...