बिहीबार, भदौ ४, २०८३

महामन्त्रीमा डा. प्रकाशशरण महतलाई अघि सार्ने देउवाको तयारी

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्रीमा डा. प्रकाशशरण महतलाई अघि सार्ने तयारी गरेका छन्।
 |  शनिबार, मंसिर २५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २५, २०७८

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्रीमा डा. प्रकाशशरण महतलाई अघि सार्ने तयारी गरेका छन्। 

सभापति शेरबहादुर देउवा पक्षबाट ६ जनाले महामन्त्रीमा दाबी गर्दै आएका छन्। देउवा पक्षबाट महामन्त्रीमा डा. महतसँगै बालकृष्ण खाण, विश्वप्रकाश शर्मा, एनपी साउदलगायत नेताहरू महामन्त्रीको आकांक्षी छन्।

अन्य नेताहरूलाई पाखा लगाउँदै संस्थापन पक्षले महतलाई महामन्त्रीको रूपमा अगाडि सार्ने तयारी गरेको स्रोतले बताएको छ।

दुई जना महामन्त्री मध्ये एक महामन्त्री कृष्णप्रसाद सिटौलाले माग गरेसँगै देउवालाई टिम मिलाउन गाह्रो परिरहेको छ। 

सिटौलाले प्रदीप पौडेललाई महामन्त्रीका रुपमा अगाडि सारेका छन्। तर, देउवा सिटौला समूहलाई सहमहामन्त्री मात्रै दिन चाहन्छन्।

प्रकाशित: Dec 11, 2021| 13:03 शनिबार, मंसिर २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...