काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मितव्ययिताका लागि प्रधानमन्त्री कार्यालयमा चिनी विनाको चिया खाने गरेको रहस्य खोलेका छन्।
राष्ट्रियसभाको सोमबारको बैठकलाई सम्बोधन गर्दै ओलीले भने, ‘कहिलेकाँही माननीय ज्यूहरु प्रधानमन्त्री कार्यालयमा आउनु हुन्छ त्यहाँ चिनी नहालेको चिया खान्छौं, यो केवल मितव्यायिताका लागि हो।'
अर्को एक सन्दर्भमा प्रधानमन्त्री ओलीले आफु बैठीक र अनुचित कुनै कुरामा सम्झौता नगर्ने बताए। ‘बेठीक कुरालाई दबाब दिएर, थर्काएर सरकार गलत निर्णय गर्दैन’, ओलीले भने। उनले सत्य नभएको शक्तिसँग आफु नझुक्ने बताए।
विकास निर्माण तथा काठमाडौंको सडकको दुदर्शमा आलोचना भएकोमा त्यसको प्रतिवाद गर्दै प्रधानमन्त्री ओलीले भने, ‘दश वर्षमा परेका सडकका खाल्डा छ महिना कसरी बनिसक्छ?
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४