बिहीबार, भदौ ४, २०८३

कांग्रेस सभापतिमा कल्याण गुरुङको पहिलो उम्मेदवारी

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत शनिबार बिहान १० बजेदेखि मनोनयन दर्ताको समय सुरु भएसँगै गुरुङले सभापतिमा उम्मेदवारी दर्ता गराएका हुन्।
 |  शनिबार, मंसिर २५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २५, २०७८

काठमाडौं- नेपाली कांग्रेसको सभापतिमा कल्याण गुरुङले उम्मेदवारी दर्ता गराएका छन्।

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत शनिबार बिहान १० बजेदेखि मनोनयन दर्ताको समय सुरु भएसँगै गुरुङले सभापतिमा उम्मेदवारी दर्ता गराएका हुन्।

कांग्रेस निर्वाचन कार्यतालिका अनुसार शनिबार बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता गर्न सकिने छ। सभापतिमा उम्मेदवारी दर्ता गराउने गुरुङ पहिलो हुन्।

गुरुङले यसअघि नै पत्रकार सम्मेलन गरी सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका थिए। गुरुङ केन्द्रीय सदस्य हुन्।

एउटा व्यक्ति समानुपातिकतर्फ एक पटक मात्र सांसद हुन पाउने, मन्त्री र प्रधानमन्त्री पनि दुई पटक मात्र हुन पाउने व्यवस्था संविधानमा नै गर्न पहल गर्ने उनको एजेण्डा रहेको छ।


प्रकाशित: Dec 11, 2021| 11:52 शनिबार, मंसिर २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...