बिहीबार, भदौ ४, २०८३

कांग्रेसको कुन पदको उम्मेदवारी दर्ता शुल्क कति ?

निर्वाचन समितिका अनसार शनिबार १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम राखिएको छ।
 |  शनिबार, मंसिर २५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २५, २०७८

काठमाडौं- नेपाली कांग्रेसको नेतृत्व चयनका लागि शनिबारदेखि निर्वाचन प्रकृया सुरु भएको छ। निर्वाचन समितिका अनसार शनिबार १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम राखिएको छ।

यसपटक कांग्रेस सभापतिको उम्मेदवारका लागि ३० हजार शुल्क तोकिएको छ। उपसभापति र महामन्त्रीका लागि २५-२५ हजार, सहमहामन्त्रीका लागि २० हजार तोकिएको छ भने केन्द्रीय सदस्यका लागि १० हजार शुल्क तोकिएको छ।

हालसम्म कांग्रेस सभापतिका लागि कल्याण गुरुङले पहिलो उम्मेदवारी दर्ता गराएका हुन्। 

संस्थापन र संस्थापनइतर समूहबाट सभापतिमा दाबी गर्ने अन्य दाबेदारहरु भने आन्तरिक छलफलमा नै रहेका छन्। 

त्यसैगरी सहमहामन्त्रीमा मानबहादुर विश्वकर्माले उम्मेदवारी दर्ता गराएको निर्वाचन समिति सदस्य तेज रावलले जानकारी दिएका छन्।

प्रकाशित: Dec 11, 2021| 11:50 शनिबार, मंसिर २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...