मंगलबार, भदौ २, २०८३

तुलसीपुर कारागारका कैदीबन्दीले गरे रक्तदान

'पर्खालभित्र रहे पनि बाहिरी समाजलाई सेवा गर्न सकिन्छ' भन्ने ध्येय राखेर रक्तदान गरिएको कैदीबन्दी सन्दीप खड्काले बताए। कारागार प्रशासनको अगुवाइमा रक्तदान कार्यक्रम भएको हो।
 |  शनिबार, मंसिर २५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २५, २०७८

दाङ- दाङस्थित तुलसीपुर कारागारमा १ सय जना कैदीबन्दीले रक्तदान गरेका छन्। रगत अभावलाई टार्न कारागारभित्र रक्तदान गरिएको हो।

'पर्खालभित्र रहे पनि बाहिरी समाजलाई सेवा गर्न सकिन्छ' भन्ने ध्येय राखेर रक्तदान गरिएको कैदीबन्दी सन्दीप खड्काले बताए। कारागार प्रशासनको अगुवाइमा रक्तदान कार्यक्रम भएको हो।

कारागारमा ५ सय २५ कैदीबन्दी छन्। ३१ महिला र चार आश्रित बालबालिका पनि कारागारमा छन्। 

कैन्दीबन्दी सीप विकाससँगै सामाजिक र मानवीय सेवामा लागेको तुलसीपुर कारागारका प्रमुख अमरबहादुर ओलीले बताए। कैदीबन्दीले गरेको रक्तदान उदाहरणीय रहेको उनले बताए। 

नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र दाङका प्रमुख दिलीप न्यौपानेका अनुसार हाल  दाङमा मासिक रुपमा ४ सय ५० युनिट रगत खपत हुने गरेको छ।   -न्युज कारखाना  

प्रकाशित: Dec 11, 2021| 11:50 शनिबार, मंसिर २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।