बिहीबार, चैत १२, २०८२

विश्वकपका सेमिफाइनमा पुगेका चार टोलीका रोचक तथ्य

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- रुसमा जारी विश्वकपको सेमिफाइनल समिकरण पुरा हुँदासम्म विश्वकपका केहि रोचक तथ्यहरु देखा परेका छन्। जारी विश्वकपको सेमिफाइनलमा चार युरोपियली टोली रहेका छन्। यो घटना एक पटकमात्र नभई पाँच पटक दोहरिएको छ।

चार वटै टिमको पछिल्लो सेमिफाइनल

पछिल्लो पटक चारवटै टिम विश्वकपकाने सेमिफाइनलमा पुगेका छन् । यी टिम यस अघि पनि सेमिफाइनलमा पुगेका थिए। यस अघि बेल्जियम १९८६ मा सेमिफाइनलमा पुगेको थियो भने इङ्ल्याण्ड १९९० मा, क्रोएसिया १९९८ मा र फ्रान्स २००६ मा सेमिफाइनल पुगेको थियो।

पाँच पटक सेमिफाइनलमा युरोप मात्र

विश्वकपको इतिहासमा पाँच पटक युरोपेली टोली मात्र सेमिफाइनलमा पुगेका छन्। यी पाँचवटै विश्वकप युरोपमा नै आयोजना भएका थिए। १९३४ को विश्वकप इटालीमा आयोजना भएको थियो भने १९६६ मा इङल्याण्ड, १९८२ मा स्पेन, २००६ मा जर्मनी र २०१८ मा रुसमा आयोजना भएको छ।

ट्राइब्रेकरमा सफल

क्रोएसिया अर्जेन्टिनापछिको दोस्रो राष्ट्र हो। जसले एकै विश्वकपमा दुई वटा पेनाल्टि सुटआउटमा सफल बन्यो। यस अघि अर्जेन्टिना १९९० को विश्वकपमा दुई पेनाल्टी सुटआउटमा सफल भएको थियो। तर इङ्ल्याडले विश्वकप इतिहासमा पहिलो पटक शीर्ष १६ मा पेनाल्टि सुटआउटमा खेल जितेको छ। इङ्ल्याण्डले जारी विश्शवकपको शीर्ष १६ मा कोलम्बियालाई पेनाल्टि सुटआउटमा ४-३ ले पराजित गरेको थियो।

बेल्जियम 

जारी विश्वकपमा बेल्जियमले कुनै पनि खेल गुमाएको छैन। समुह चरणका तीन र नकआउट चरणका दुई खेल खेल्दा कुनैमा पनि हार बेहोरेको छैन। बेल्जियम जारी विश्वकपमा १४ गोल गर्दै शिर्ष गोल कर्ता पनि हो।
 
उपाधी दौडमा

इङ्ल्याण्ड तीन पटक विश्वकप उपाधि दौडमा रहेका छ। पहिलो पटक आफ्नै माटोमा १९६६ मा भएको विश्वकप, १९९० मा इटालीमा भएको विश्वकप र २०१८ मा रुसमा भएको विश्वकपमा सेमिफाइनल पुगेको छ। १९६६ को विश्वकपमा इङ्ल्याण्डले उपाधी समेत उचालेको थियो। क्रोएसिया दुई पटक उपाधि दौडमा छ। पहिलो पटक १९९८ को विश्वकपमा सेमिफाइनलमा पुगेको थियो भने यो उसको दोस्रो पटक हो।

शीर्ष गोलकर्ता

इङ्ल्याण्डका ह्यारी केन जारी विश्वकपमा ६ गोल गर्दै गोलकर्ताको शीर्ष स्थानमा छन्। सेमिफाइनलमा रहेका अन्य टोलीका खेलाडी पनि शीर्ष गोलकर्ताको स्थान पच्छ्याई रहेका छन्। बेल्जियमका रोमेलु लुकाकुको चार गोल रहेका छ। त्यस्तै फ्रान्सका एन्टोनी ग्रिजम्यान र केलियन बाप्पेको समान तीन-तीन गोल रहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।