बिहीबार, भदौ ४, २०८३

अझै प्रतिगमनको खतरा छ : माधव नेपाल

शनिबार बुटवलमा समाजवादी प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले अहिले पनि प्रतिगमनको खतरा रहेको भन्दै सचेत रहनु पर्ने बताए।
 |  शनिबार, मंसिर २५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २५, २०७८

बुटवल- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशमा अझै प्रतिगमनको खतरा रहेको चेतावनी दिएका छन्। शनिबार बुटवलमा समाजवादी प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले अहिले पनि प्रतिगमनको खतरा रहेको भन्दै सचेत रहनु पर्ने बताए। 

इतिहासमा सीमित भइसकेको राजतन्त्र फर्काउने कोसिस भइरहेको भन्दै इतिहास अगाडि बढिसकेकाले पछाडि फर्किन सम्भव नभएको उनको भनाइ छ।

उनले समाजमा दलाल पुँजीवाद हावी भएको र कतिपय दलहरू त्यसैमा रमाइरहेको बताएका नेता नेपालले दलाल पुँजीवाद हटाएर समाजवाद स्थापना गर्ने आफ्नो दलको अभिभारा रहेको र यस अभिभारा पूरा गरेरै छाड्ने बताए। 

प्रकाशित: Dec 11, 2021| 10:34 शनिबार, मंसिर २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...