बिहीबार, भदौ ४, २०८३

पौडेल 'साझा' उम्मेदवार बन्न नसकेपछि सभापतिको दौडबाट बाहिरिने

नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल संस्थाप इतर पक्षबाट सभापतिमा साझा उम्मेदवार बन्न नसकेपछि दौडबाट बाहिरिने भएका छन्।
 |  शनिबार, मंसिर २५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २५, २०७८

काठमाडौं- नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल संस्थाप इतर पक्षबाट सभापतिमा साझा उम्मेदवार बन्न नसकेपछि दौडबाट बाहिरिने भएका छन्। १३औं महाधिवेशनमा शेरबहादुर देउवासँग पराजित भएका पाैडेल १४औँ महाधिवेशनमा संस्थापन इतरबाट साझा उम्मेदवार भएर हारको बदला लिने रणनीतिमा उनी थिए।

तर, संस्थापन इतरबाट सभापतिमा साझा उम्मेदवार खडा गर्ने समझदारीले आकार लिन नसकेपछि पाैडेल सभापतिमा लड्ने सम्भावना झिनो बन्दै गएको हो।

किन कि सभापतिका आकांक्षी शशांकले कोइरालाले तीन दिन अघि नै 'रामचन्द्र दाइका लागि सभापतिबाट पछि हट्ने' बताएका थिए। तर, यसबीचमा पनि संस्थापन इतरबाट साझा उम्मेदवारमा सहमति जुट्न सकेको छैन।

पूर्वमहामन्त्री प्रकाशमान सिंह, महामन्त्री शशांक कोइराला र नेता शेखर कोइरालाले सभापतिमा दाबी गरिरहेका छन्। सिंह अवधारणासहित आजै सभापतिमा उम्मेदवारी दर्ता गर्ने तयारीमा छन्।  शेखर पनि  सामाजिक सञ्जालमा ‘एक पटक, यसै पटक’ भन्दै प्रचार अभियानमा छन्। अब सभापतिमा इतरबाट प्रकाशमान र शेखर सभापति प्रतिस्पर्धामा आउने देखिन्छ।

प्रकाशित: Dec 11, 2021| 09:37 शनिबार, मंसिर २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...