बिहीबार, भदौ ४, २०८३

माओवादीको गण्डकी अधिवेशनमा ८४६ प्रतिनिधि सहभागी हुँदै

नेकपा माओवादी केन्द्रको प्रदेश अधिवेशन आजदेखि सुरु हुँदैछ। गण्डकी प्रदेशमा अधिवेशनको सबै तयारी सकिएको माओवादीले जनाएको छ।
 |  शनिबार, मंसिर २५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २५, २०७८

पोखरा- नेकपा माओवादी केन्द्रको प्रदेश अधिवेशन आजदेखि सुरु हुँदैछ। गण्डकी प्रदेशमा अधिवेशनको सबै तयारी सकिएको माओवादीले जनाएको छ। अधिवेशनबाट प्रदेश समितिमा एक अध्यक्ष, तीन उपाध्यक्ष तथा सचिव, सहसचिव र कोषाध्यक्ष एक/एक जना गरी सात सदस्यीय पदाधिकारीसहित २२९ सदस्यीय प्रदेश समिति निर्वाचित हुनेछन्।

प्रदेशको प्रथम अधिवेशन  विचार निर्माण र संठनात्मक काममा केन्द्रित हुने इन्चार्ज हितराज पाण्डेले बताए। माओवादीको गण्डकी प्रदेश समितिमा कम्तिमा ३५ प्रतिशत महिला र २० प्रतिशत युवाको प्रतिनिधित्व सुनिश्चित गरेको छ।

‘माओवादी केन्द्रलाई गण्डकी प्रदेशमा प्रमुख शक्तिका रुपमा स्थापित गर्ने गरी संठनात्मक कामलाई अघि बढाइने छ। अधिवेशनमा यसबारे व्यापक छलफल हुन्छ,’ उनले भने, ‘अधिवेशनमा विचार निर्माण र समाजवादको मोडलका बारेमा छलफल केन्द्रित रहन्छ।’

पोखरामा हुने प्रदेश अधिवेशनमा गण्डकी प्रदेशका ११ जिल्लाबाट ८४६ प्रतिनिधि सहभागी हुनेछन्। पालिकाहरूबाट निर्वाचित ६०० जना, मनोनित ६०, आयोजक ९६, ज्येष्ठ कम्युनिष्ट मञ्चका ४३ र प्रदेश सल्लाहकार ४७ जना सहभागी हुने माओवादीले जनाएको छ। एक गैरभौगोलिकसहित एक महानगरपालिका, २६ नगरपालिका र ५८ गाउँपालिकामा पार्टीका अधिकांश अधिवेशनहरू सकिएको माओवादीले जनाएको छ।

प्रकाशित: Dec 11, 2021| 09:18 शनिबार, मंसिर २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...