काठमाडौं- कांग्रेस सहमहामन्त्रीमा मानबहादुर विश्वकर्माले उम्मेदवारी घोषणा गरेका छन्। कांग्रेसको १४औं महाधिवेशनमा विश्वकर्माले समावेशी दलिततर्फबाट सहमहामन्त्रीमा उम्मेदवारी घोषणा गरेका हुन्।
विश्वकर्मा कांग्रेसको ११औं, १२औं र १३ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य हुन्। उनी पार्टीको नीति तथा प्रशिक्षण विभागको पूर्वप्रमुख पनि हुन्। उनले शुक्रबार साँझ उम्मेदवारी घोषणा गरेका हुन्।