बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • माओवादीको प्रदेश २ अधिवेशन आजदेखि, प्रचण्डले जुमबाट उद्घाटन गर्ने

माओवादीको प्रदेश २ अधिवेशन आजदेखि, प्रचण्डले जुमबाट उद्घाटन गर्ने

नेकपा माओवादी केन्द्रको प्रथम प्रदेश २ अधिवेशन शनिबारदेखि जनकपुरधाममा सुरु हुने भएको छ।
 |  शनिबार, मंसिर २५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २५, २०७८

जनकपुरधाम- नेकपा माओवादी केन्द्रको प्रथम प्रदेश २ अधिवेशन शनिबारदेखि जनकपुरधाममा सुरु हुने भएको छ। 

नेकपा माओवादी केन्द्र प्रदेश कमिटीले शनिबार मध्यान्न १२ बजे अधिवेशन उद्घाटनको कार्यक्रम रहेको जनाएको छ।

माओवादी केन्द्रका प्रदेश २ अध्यक्ष प्रकाश बुढाथोकीले शनिबार प्रदेश अधिवेशनको उद्घाटन र पुस ३ गतेदेखि बन्द सत्र सुरु हुने बताए। माओवादी अध्यक्ष पुष्पकमल दाहालले शनिबार मुजमार्फत प्रदेशको उद्घाटन गर्ने कार्यक्रम रहेको उनले बताए। 

प्रदेश २ का १३६ वटा स्थानीय तह पालिका मध्ये ३० वटा पालिकामा अझै पालिका अधिवेशन सम्पन्न हुन नसकेको बन्द सत्रको समय लम्बिइएको उनले बताए। प्राय: पालिकामा सर्व सहमति रूपमै नै अधिवेशन सम्पन्न भएको बताउँदै उनले भने, ‘बाँकी रहेको पालिकाहरूमा पनि हामीले सर्वसहमतिमै जोड दिइरहेका छौ, सर्वसहम्मत नभएको पालिकामा चुनावी प्रक्रियामार्फत पनि नयाँ नेतृत्व चयन गरी अधिवेशन सम्पन्न गरी प्रदेश अधिवेशनमा सहभागी हुन निर्देशन गरिसकेको छु।’

अधिवेशनबाट प्रदेशका लागि अध्यक्ष, उपाध्यक्ष, सचिव लगायत ९ जना पदाधिकारी चयन हुने उनले बताए। प्रदेश कार्यसमिति अन्य प्रदेश भन्दा प्रदेशको लामो हुने उनले बताए। प्रदेश २ को कार्यसमिति २७१ जनाको रहने उनले बताए। प्रदेश २ मा माओवादी केन्द्रको १ लाख ३० हजार सक्रिय रहेको उनले बताए।

प्रकाशित: Dec 11, 2021| 06:47 शनिबार, मंसिर २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...