बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • म प्रधानमन्त्री भएर आएको भोलिपल्टै देशले त्रासबाट मुक्ति पाएजस्तै भयो : शेरबहादुर देउवा

म प्रधानमन्त्री भएर आएको भोलिपल्टै देशले त्रासबाट मुक्ति पाएजस्तै भयो : शेरबहादुर देउवा

'मेरो सरकार बन्नुअघि देशभर डर र त्रास थियो। म प्रधानमन्त्री बनेको भोलिपल्टै त्यसबाट मुक्ति मिलेजस्तो भयो,' प्रधानमन्त्री देउवाले भने।
 |  शुक्रबार, मंसिर २४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २४, २०७८

काठमाडौं- प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू नेतृत्वको सरकार बन्नुअघि देशभर त्रास भएको तर आफू प्रधानमन्त्री भएर आएको भोलिपल्टै त्यसबाट मुक्ति मिलेको दाबी गरेका छन्। कांग्रेस महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

'मेरो सरकार बन्नुअघि देशभर डर र त्रास थियो। म प्रधानमन्त्री बनेको भोलिपल्टै त्यसबाट मुक्ति मिलेजस्तो भयो,' प्रधानमन्त्री देउवाले भने। 

यो महाधिवेशनले डर त्रासबाट मुक्त समाज बनाउनका लागि निर्णय गर्नुपर्ने उनले बताएका थिए। 'त्यो निर्णय गरेको अवस्थामा आउँदो निर्वाचनमा गाउँदेखि केन्द्रसम्मको सरकार कांग्रेसको बन्नेछ। त्यो मेरो जिम्मा भयो,' देउवाले दाबी गरे। 

उनले त्यसका लागि महाधिवेशनमा  आफूलाई जिताउन भने आवश्यक रहेको सर्त अघि सारेका थिए। 'एकपल्ट मलाई जिताइदिनुस्,' देउवाले थपे, 'डर त्रासबाट मुक्त शासन ल्याएरै छोडिन्छ। नेपालमा कांग्रेस शासन ल्याइन्छ ल्याइन्छ।' 

प्रकाशित: Dec 10, 2021| 18:46 शुक्रबार, मंसिर २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...