बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • ३० प्रतिशतमा खुम्चिनुको कारणबारे कांग्रेसले आत्मसमीक्षा गर्नुपर्छ : रामचन्द्र पौडेल

३० प्रतिशतमा खुम्चिनुको कारणबारे कांग्रेसले आत्मसमीक्षा गर्नुपर्छ : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले विगतमा गरेका कमीकमजोरीका विषयमा आत्मसमीक्षा गर्नुपर्न बताएका छन्।
 |  शुक्रबार, मंसिर २४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २४, २०७८

काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले विगतमा गरेका कमीकमजोरीका विषयमा आत्मसमीक्षा गर्नुपर्न बताएका छन्। कांग्रेस महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

'हाम्रो पार्टीको गौरवशाली इतिहास छ। तर त्यस्तो पृष्ठभूमि भएको पार्टी अहिले भने ३० प्रतिशतमा खुम्चिएका छौँ। आजको युगको सिद्धान्त हो। लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्रका लागि लडेको पार्टी किन पछाडि पर्‍यो आत्मसमीक्षा गर्न जरुरी छ। त्यसको समीक्षा गर्ने साहस गर्नुपर्छ। पार्टीमा मूल्यांकनको परिपाटी स्थापित गर्नुपर्छ,' नेता पौडेलले थपे, 'अहिले हाम्रो गति रोकिएको छ। भ्रष्टाचार र सेटिङलाई देशबाट मुक्त गरेर देशलाई जोगाउनुपर्छ। निमुखाले न्याए पाएका छैनन्। अतिदलबन्दीले जनतालाई अन्याय भएको छ। यो विकृति हो। त्यसले यस्लाई निर्मूल गर्नुपर्छ।'

कांग्रेसलाई विधिपद्धति अनुसार चलाएर जनभरोसाको केन्द्र बनाउन सके लोकतन्त्र सार्थक हुने उनको भनाइ थियो। यो जिम्मेवारी कांग्रेसकै भएको उनले उल्लेख गरे। 

केपी शर्मा ओली सरकारले संविधानलाई गलहत्याएको तर कांग्रेसले बचाएको उनको भनाइ थियो। तैपनि सरकारले सन्तोषजनक काम गर्न नसकेको उनको टिप्पणी थियो। पैसा बाढेर चुनाव जित्ने प्रणाली अन्त्य गर्नुपर्ने उनले बताएका थिए। 

प्रकाशित: Dec 10, 2021| 18:32 शुक्रबार, मंसिर २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...