बिहीबार, भदौ ४, २०८३

कांग्रेसमा पुरानै भोटिङ प्रणाली, मतदान गर्न समय लाग्ने

नेपाली कांग्रेसले पुरानै प्रणालीमा मतदान गर्ने भएको छ। मतदाताहरूले कागजी मतपत्रमा छाप लगाएर मतदान गर्नुपर्ने छ।
 |  शुक्रबार, मंसिर २४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २४, २०७८

काठमाडौं– नेपाली कांग्रेसले पुरानै प्रणालीमा मतदान गर्ने भएको छ। मतदाताहरूले कागजी मतपत्रमा छाप लगाएर मतदान गर्नुपर्ने छ।

नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टीले मतदान गर्न मेसिनको प्रयोग गरेका भए पनि कांग्रेसले भने मतपत्रको प्रयोग गर्ने भएको हो। मानिसहरू दिनहुँ प्रविधि मैत्री बनिरहेको अवस्थामा कांग्रेसले भने पुरानै १४औं महाधिवेशनमा पुरानै प्रक्रिया अवलम्बन गर्न लागेको हो।

शनिबारदेखि हुने मतदानमा ४६ सय प्रतिनिधिले मतदान गर्ने छन्। एक जनालाई लामो कागजी मतदान गर्न २० मिनेटदेखि ४५ मिनेटसम्म लाग्ने बताइएको छ। जसले गर्दा मतदान प्रक्रिया निकै लम्बिन सक्ने अनुमान गरिएको छ।

मतदान प्रक्रियामा पुरानै प्रवृत्ति अपनाएको कांग्रेसले महाधिवेशनको उद्घाटन सत्रमा भने प्रवृधिमैत्री बन्ने भन्दै एप्स नै सार्वजनिक गरेको छ।

प्रकाशित: Dec 10, 2021| 20:50 शुक्रबार, मंसिर २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...