काठमाडौं– सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले मिडिया सेल्फ रेगुलेट हुनुपर्ने बताएकी छन्। वोष्टर मिडियाको नवौँ वार्षिकोत्सव कार्यक्रममा शुक्रबार मन्त्री झाँक्रीले सरकारले कानुन बनाएर मिडियालाई संकुचन गर्नुभन्दा पनि मिडिया स्वतः नियमन हुनुपर्ने बताएकी हुन्।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री झाँझीले भनिन् , ‘मिडिया आफैँ नियमन हुनुपर्छ,तर अनधिकृत रूपमा कसैको चरित्रहत्या गर्नेलाई भने कारबाहीको दायरामा ल्याउनैपर्छ।’
मन्त्री झाँझीले पछिल्लो समय मिडियाको क्षेत्रमा देखिएको विकृतिलाई लक्षित गर्दै कसैका विरुद्ध प्रायोजित समाचार नबनाउन पनि आग्रहसमेत गरिन्। साथै समाचार विचार मिश्रित नभएर तथ्य मिश्रित हुनुपर्नेमा पनि मन्त्री झाँझीले जोड दिइन्।