बुधबार, जेठ २०, २०८३
  • गृहपृष्ठ
  • प्रदेश
  • महाकालीमा पुरुषको शव भेटियो, तुइनबाट खसेका जयसिंहको हुनसक्ने आशंका

महाकालीमा पुरुषको शव भेटियो, तुइनबाट खसेका जयसिंहको हुनसक्ने आशंका

महाकाली नदीमा एक पुरुषको शव भेटिएको छ। महाकाली नदीस्थित भारतको टनकपुरमा पुरुषको शव भेटिएको हो।
 |  बिहीबार, साउन २१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २१, २०७८
National life
Shivam cement

धनगढी– महाकाली नदीमा एक पुरुषको शव भेटिएको छ। महाकाली नदीस्थित भारतको टनकपुरमा पुरुषको शव भेटिएको हो। 

भेटिएको शव दार्चुलामा तुइन तर्ने क्रममा महाकालीमा बेपत्ता भएका जयसिंह धामीको हुन सक्ने आशंका गरिएको छ। १५ साउनमा तुइनबाट महाकाली तर्ने क्रममा उनी नदीमा खसेर बेपत्ता भएका थिए। एसएसबीले तुइनको डोरी काटिदिएपछि उनी नदीमा खसेको प्रत्यक्षदर्शीले बताएका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपानेले भारतीय भूमिमा पुरुषको शव भेटिएको तर पहिचान हुन नसकेको बताए। प्रहरी त्यसतर्फ गएको उनले जानकारी दिए।

प्रकाशित: Aug 05, 2021| 17:36 बिहीबार, साउन २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।