बिहीबार, भदौ ४, २०८३

कांग्रेसको नयाँ कार्यसमितिले जोस र होसले काम गरोस् : दुर्गा पौडेल

'नयाँ कार्यसमितिले जोस र होसले काम गरोस्,' दुर्गाले भनेकी थिइन्। उनले संक्षेपमा कांग्रेसले प्रजातान्त्रिक आन्दोलनमा भूमिका खेल्दै आएको स्मरण गरेकी थिइन्।
 |  शुक्रबार, मंसिर २४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २४, २०७८

काठमाडौं- राष्ट्रिय जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेलले नेपाली कांग्रेसको नयाँ कार्यसमिति जोस र होस राखेर काम गर्न सक्ने बनोस् भन्दै शुभकामना व्यक्त गरेकी छन्। नेपाली कांग्रेसको १४औँ महाधिवेशन उद्धाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्। 

'नयाँ कार्यसमितिले जोस र होसले काम गरोस्,' दुर्गाले भनेकी थिइन्। उनले संक्षेपमा कांग्रेसले प्रजातान्त्रिक आन्दोलनमा भूमिका खेल्दै आएको स्मरण गरेकी थिइन्। 

'हामी २०४७ र २०६२/६२ आन्दोलनदेखि आजसम्म कांग्रेससँग सहकार्य गर्दै आएका छौं। त्यसले महिला अधिकार समावेश गर्न सफल भएका छौं। अहिले प्रतिगमन विरुद्ध हामी कांग्रेससँगै अगाडि बढिरहेका छौं,' उनले भनिन्। 

देशको इच्छालाई महशुस गर्दै महाधिवेशनपछिको नेतृत्वले काम गरोस् भन्ने उनको शुभेच्छा छ। 


प्रकाशित: Dec 10, 2021| 15:38 शुक्रबार, मंसिर २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...