काठमाडौं– भारतीय राष्ट्रिय कंग्रेसका महासचिव मुकुल वासनिकले नेपाल र भारतबीचको सम्बन्ध समधुर र सुदृढ बनाउन आफूहरू क्रियाशील रहने बताएका छन्।
काठमाडौंमा भइरहेको नेपाली कांग्रेसको १४ औं महाधिवेशन उद्घाटन सत्र कार्यक्रममा शुभकामना दिन आएका उनले नेपाल(भारत बीचको सम्बन्ध सुमधुर र सुदृढ बनाउन आफ्नो पार्टी सधैं सचेत रहेको जानकारी दिए।
उनले भारतीय राष्ट्रिय कंग्रेसकी अध्यक्ष सोनिया गान्धीका तर्फबाट कांग्रेस महाधिवेशनको सफलताको शुभकामना दिएका छन्।
उनले भने, ‘सोनिया गान्धीको तर्फबाट देउवालाई पत्र दिएको छु। सोनिया गान्धी आएको भए निकै खुशी हुनुहुन्थ्यो तर दिल्लीमा लोकसभाको चुनाव भएकोले उहाँ आउन सक्नु भएन।’