बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस महाधिवेशनमा बोल्न पाउँदा ३४ वर्षयताकै बढी खुशी लागेको छ : मुकुल वास्निक

कांग्रेस महाधिवेशनमा बोल्न पाउँदा ३४ वर्षयताकै बढी खुशी लागेको छ : मुकुल वास्निक

भारती कांग्रेसका तर्फबाट उनले कांग्रेस महाधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए।
 |  शुक्रबार, मंसिर २४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २४, २०७८

काठमाडौं- भारतीय राष्ट्रिय कांग्रेसका नेता मुकुल वास्निकले नेपाली कांग्रेसको महाधिवेशनमा अतिथिका रूपमा बोल्न पाउँदा खुशी लागेको बताएका छन्। ३४ वर्ष पहिले संयुक्त राष्ट्रसंघको महासभामा बोल्दा पनि आफूलाई यस्तै खुशी लागेको उनले बताएका थिए। 

'मलाई खुशी लागिरहेको छ। भारतीय राष्ट्रिय कांग्रेसको तर्फबाट उपस्थित हुन पाउँदा,' वास्निकले थपे, '३४ वर्ष पहिले १९४७ मा मलाई संयुक्त राष्ट्र संघको महाधिवशेन्मा बोल्ने अवसर मिलेको थियो त्यतिबेला म गौरवान्वित भएको थिए। आज त्यस्तै अनुभव भइरहेको छ। किनकी कांग्रेस लोकतन्त्रको महत्वपूर्ण कडी हो।'

भारती कांग्रेसका तर्फबाट उनले कांग्रेस महाधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए। 

यसअघि सम्बोधन गरेका भारतीय जनता पार्टीका नेता तथा भारतीय पूर्व स्वास्थ्यमन्त्री हर्षवर्धनले शृंगलाले एउटै मञ्चमा यति धेरै पूर्वप्रधानमन्त्री कहिले नदेखेको बताएका थिए।

'एउटै मञ्चमा यति धेरै पूर्वप्रधानमन्त्री बसेको थिएन। भारतमा पनि यस्तो देखेको थिएन,' उनले भने। 

पाँचपटक प्रधानमन्त्री बनेका सभापतित्व गरेका शेरबहादुर देउवाको अध्यक्षतामा दुई पटक प्रधानमन्त्री बनेका केपी ओली, पूर्वप्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई उल्लेख गर्दै उनले यस्तो बाताएका थिए। 

पूर्वप्रधानमन्त्री मात्र नभएर प्रमुख राजनीतिक दलका नेताहरू एकैस्थानमा भेला भएको भन्दै उनले कांग्रेस महाधिवेशन उद्घाटन समारोहको प्रशंशा गरेका थिए। 


प्रकाशित: Dec 10, 2021| 15:19 शुक्रबार, मंसिर २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...