बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • एउटै मञ्चमा यति धेरै पूर्वप्रधानमन्त्री कहिल्यै देखेको थिइनँ : हर्ष वर्द्धन

एउटै मञ्चमा यति धेरै पूर्वप्रधानमन्त्री कहिल्यै देखेको थिइनँ : हर्ष वर्द्धन

'एउटै मञ्चमा यति धेरै पूर्वप्रधानमन्त्री बसेको थिएन। भारतमा पनि यस्तो देखेको थिएन,' उनले भने।
 |  शुक्रबार, मंसिर २४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २४, २०७८

काठमाडौं- भारतीय जनता पार्टीका नेता तथा भारतीय पूर्व स्वास्थ्यमन्त्री हर्ष वर्धनले एउटै मञ्चमा यति धेरै पूर्वप्रधानमन्त्री कहिले नदेखेको बताएका छन्। नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन कार्यक्रममा उनले यस्तो बताएका हुन्। 

'एउटै मञ्चमा यति धेरै पूर्वप्रधानमन्त्री बसेको थिएन। भारतमा पनि यस्तो देखेको थिएन,' उनले भने। पाँचपटक प्रधानमन्त्री बनेका शेरबहादुर देउवाको अध्यक्षतामा दुई पटक प्रधानमन्त्री बनेका केपी ओली, पूर्वप्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र लोकेन्द्रबहाुर चन्दसमेतको नाम उल्लेख गर्दै  उनले यस्तो बाताएका थिए। 

पूर्वप्रधानमन्त्री मात्र नभएर प्रमुख राजनीतिक दलका नेताहरू एकैस्थानमा भेला भएको भन्दै उनले कांग्रेस महाधिवेशन उद्घाटन समारोहको प्रशंशा गरेका थिए। 

उनले भारत र नेपालको सम्बन्ध आत्मा र दिमागजस्तो भएको उल्लेख गरेका थिए। 'हाम्रो संस्कृति र हिन्दुत्व वर्षौंदेखि कायम रहदै आएको छ,' उनले भने, 'यहाँका मान्छेलाई दुख हुँदा त्यसको बढी दुख भारतलाई हुन्छ। भूकम्पका बेला हाम्रा प्रधानमन्त्री निकै चिन्तित हुनुहुन्थ्यो। उहाँले ६ घन्टा भित्रै सहयोग पठाउनु भएको थियो।

कोरोना महामारीका विरुद्धमा पनि भारतले नेपाललाई प्राथमिकतामा राखेर सहयोग गरेको उनको भनाइ थियो। 

प्रकाशित: Dec 10, 2021| 15:07 शुक्रबार, मंसिर २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...