बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस महाधिवेशनको मञ्चमा देखिएनन् एमाले अध्यक्ष ओली, प्रतिनिधि पनि पठाएनन्

कांग्रेस महाधिवेशनको मञ्चमा देखिएनन् एमाले अध्यक्ष ओली, प्रतिनिधि पनि पठाएनन्

नेपाली कांग्रेसको चौधौं महाधिवेशन काठमाडौंमा सुरु भएको छ। भृकुटीमण्डपमा उद्घाटन सत्र सुरु भएको छ। उद्घाटन सत्रमा विभिन्न राजनीतिक दलका अध्यक्ष शुभकामनाका लागि पुगेका छन्।
 |  शुक्रबार, मंसिर २४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २४, २०७८

काठमाडौं– नेपाली कांग्रेसको चौधौं महाधिवेशन काठमाडौंमा सुरु भएको छ। भृकुटीमण्डपमा उद्घाटन सत्र सुरु भएको छ। उद्घाटन सत्रमा विभिन्न राजनीतिक दलका अध्यक्ष शुभकामनाका लागि पुगेका छन्।

कार्यक्रममा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल, मालेका महासचिव सीपी मैनाली सहभागी भएका छन्।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली भने कार्यक्रममा उपस्थित भएका छैनन्। एमालेबाट कोही प्रतिनिधिको नाम पनि कार्यक्रम सञ्चालन गरिरहेका कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले लिएका छैनन्। 

ओली हिजो बिहीबार अस्वस्थ भएका थिए। रुघाखोकीका कारण बिहीबार प्रेस चौतारीको एउटा कार्यक्रममा नगएका ओली आज  भने कांग्रेस महाधिवेशनमा सहभागी हुने प्रेस संयोजक रामशरण बजगाईंले बताएका थिए। 

गत वर्ष पुस ५ गते पहिलो पटक तत्कालीन प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा घटन गरेसँगै उनी र प्रचण्ड एउटै मञ्चमा देखिन छाडेका छन्। साथै एमाले फुटाएर नयाँ पार्टी खोलेका माधवकुमार नेपालसँग पनि ओलीको कटु सम्बन्ध छ। आजको कार्यक्रममा ओली, दाहाल र नेपाल एउटै मञ्चमा देखिने अपेक्षा गरिएको थियो। तर, कार्यक्रम सुरु भएको आधा घण्टा बित्न लाग्दा पनि ओली कार्यक्रमस्थल पुगेका छैनन्।

हालै चितवनमा सम्पन्न एमालेको दसौं महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी भए पनि प्रचण्ड सहभागी भएका थिएनन्। माओवादीले स्थायी कमिटी सदस्य लीलामणि पोखरेललाई उद्घाटन समारोहमा पठाएको थियो। एकीकृत समाजवादी पार्टीलाई त एमालेले निम्तो नै पठाएको थिएन। 

प्रकाशित: Dec 10, 2021| 14:34 शुक्रबार, मंसिर २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...