काठमाडौं– सभापति शेरबहादुर देउवापछि वरिष्ठ नेता रामचन्द्र पौडेल पनि कांग्रेसको १४ औं महाधिवेशनस्थल भृकुटीमण्डप पुगेका छन्। उद्घाटन सत्रमा सहभागी नै नहुने बताएका पौडेल देउवापछि कार्यक्रमस्थलमा पुगेका हुन्।
कार्यक्रममा अन्य नेता तथा पाहुनाहरु पनि पुग्ने क्रम जारी छ। महाधिवेशनस्थलमा नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपा माओवादीका अध्यक्ष प्रचण्ड, जसपा अध्यक्ष उपेन्द्र यादव, लाेसपा अध्यक्ष महन्थ ठाकुर, राप्रपा अध्यक्षा राजेन्द्र लिङ्देन, जनमाेर्चाकी दुर्गा पौडेल पनि पुगेका छन्।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरु पनि पुगिसकेका छन्।
दिउँसो १ बजे सुरु हुने भनिए पनि औपचारिक कार्यक्रम सुरु भएको छैन। अहिले कलाकारहरुले गीत तथा नृत्य प्रस्तुत गरिरहेका छन्। साथै विभिन्न जातजातिको झाँक्री प्रस्तुत गरिएको छ।