मंगलबार, असार ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • उपकुलपतिलार्इ ग्यारेजमा थुनेको विरोधमा ब्रिटिस विश्वविद्यालयले पत्र पठायो

उपकुलपतिलार्इ ग्यारेजमा थुनेको विरोधमा ब्रिटिस विश्वविद्यालयले पत्र पठायो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- क्यानडास्थित भ्यानकुभरमा आयोजना आज (सोमबार) देखि शुरु भएको विश्व संस्कृत सम्मेलनमा भाग लिन त्यसतर्फ जान लागेका नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा डा कुलप्रसाद कोइरालालार्इ विमानस्थलमै रोकेकमा ब्रिटिस कोलम्बिया विश्वविद्यालयले लज्जित महशुस गरेको जनाएको छ।  

१७ औं विश्व संस्कृत सम्मेलनमा जान लागेका उपकुलपतिलाई रोकिएकोमा दुःख व्यक्त गर्दै उपकुलपति अनुपस्थित भएर संस्कृत सम्मेलनको आयोजना हस्तान्तरण गर्नुपर्दा लज्जित भएको एक पत्रमार्फत जनाएको छ।

कोलम्बिया विश्वविद्यालयको संस्कृत साहित्य र दक्षिण एशिया लोकसाहित्य विभागका सहप्राध्यापक डा. अधिश साथायइले सम्मेलनमा भाग लिइरहेका नेपाल संस्कृत विश्वविद्यालयको अनुसन्धान निर्देशक प्रा.डा. काशीनाथ न्यौपानेलाई पत्र लेखेर उपकुलपति प्रा डा कुलप्रसाद कोइरालालाई विमानस्थलबाट फर्काइएको घटनाले राज्यको व्यवहारले स्पष्ट पारेको जसले निराश तुल्याएको उल्लेख छ।

न्यौपानेलाई लेखिएको पत्रमा अझै पनि उपकुलपति कोइराला सम्मेलनको अन्त्यसम्ममा भाग लिन आइपुगेमा सन् २०२४ को विश्व संस्कृत सम्मेलन गर्न नेपाललाई जिम्मेवारी दिएर आभार व्यक्त गर्न चाहेको उल्लेख छ। पत्रमा भनिएको छ,‘उपकुलपतिको अनुपस्थितिमा सम्मेलन आयोजनाको जिम्मेवारी दिनुपर्दा लज्जा अनुभूति हुनेछ’।

सम्मेलनमा भाग लिन जाँदा असार २३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रधानमन्त्री ओलीको निर्देशनमा प्रहरीले नियन्त्रणमा लिएर प्रधानमन्त्री निवास बालुवाटार पुर्‍याएको थियो। संस्कृत, संस्कृति र संस्कार मास्नको लागि आफूलाई प्रधानमन्त्री निवास वालुवाटारको ग्यारेजमा थुनिएको उपकुलपति कोइरालाले नेपाल समयलाई बताएका थिए। 


 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।