बिहीबार, भदौ ४, २०८३

महाधिवेशनस्थलमा देउवा आइपुगे, रामचन्द्र देखिएनन्

नेपाली कांग्रेसको चौधौं महाधिवेशन भृकुटीमण्डपमा सुरु भएको छ।
 |  शुक्रबार, मंसिर २४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २४, २०७८

काठमाडौं– नेपाली कांग्रेसको चौधौं महाधिवेशन भृकुटीमण्डपमा सुरु भएको छ। अहिले अनौपचारिक कार्यक्रम चलिरहेको छ। कार्यक्रमस्थलमा भर्खरै पार्टी सभापति शेरबहादुर देउवा आइपुगेका छन्। अब केही बेरमै देउवाले औपचारिक कार्यक्रम उद्घाटन गर्ने कार्यक्रम छ।

सभापति देउवा आइसक्दा पनि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल भने कार्यक्रमस्थलमा देखिएका छैनन्। 

पौडेलले अन्तिम समयमा पदाधिकारी थप्न लागिएको भन्दै  बिहीवारको केन्द्रीय समिति बैठक पनि बहिष्कार गरेका थिए। पौडेलले १४ औं महाधिवेशनमा सभापतिका लागि सहयोग गर्न संस्थापन इतर समूहका नेताहरुलाई आग्रह गरेका छन्।

तर, उनकै समूहमा रहेका प्रकाशमान सिंह र शेखर कोइरालाले पनि सभापतिमा दाबी नछाड्दा पौडेललाई सकस परेको छ। पौडेलले सहमति नगर्ने हो भने आफू कांग्रेसबाट बिदा हुने चेतावनी समेत दिएका छन्।

प्रकाशित: Dec 10, 2021| 13:48 शुक्रबार, मंसिर २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...