बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • संस्थापन इतर समूहको बैठक साँझ ५ बजे, पौडेलको नाममा सहमति जुट्नसक्ने

संस्थापन इतर समूहको बैठक साँझ ५ बजे, पौडेलको नाममा सहमति जुट्नसक्ने

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उद्घाटन सत्र सुरु भइसक्दा पनि संस्थापन इतर समूहबाट साझा उम्मेदवारको टुंगो लाग्न सकेको छैन।
 |  शुक्रबार, मंसिर २४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २४, २०७८

काठमाडौं– नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उद्घाटन सत्र सुरु भइसक्दा पनि संस्थापन इतर समूहबाट साझा उम्मेदवारको टुंगो लाग्न सकेको छैन। केही दिनदेखिको निरन्तर छलफलका बाबजुद पनि सभापतिका आकांक्षीहरु ब्याक हुन मानेका छैनन्।

साझा उम्मेदवार तय गर्न उक्त समूहको बैठक आज साँझ बस्ने भएको छ। उद्घाटन सत्र सकिएपछि साँझ ५ बस्ने बैठक बस्ने बताइएको छ। आजको बैठकले जसरी भए पनि उम्मेदवार तय गर्ने उक्त समूहका एक नेताले बताए। 

‘उद्घाटन समारोहपछि संस्थापन इतरको बैठक बस्दै५। केन्द्रीय सदस्य, जिल्ला सभापतिसहितको छलफल राखिएको हो।’ उनका अनुसार पौडेलको निवास निवास बोहराटार पुगेका नेताहरूले उम्मेदवारका चार जना आकांक्षीसहितलाई राखेर साँझ बैठक गर्ने जानकारी गराएर हिँडेका थिए।

संस्थापन इतर समूहमा सभापतिका चार जना आकांक्षीहरु रामचन्द्र पौडेल, प्रकाशमान सिंह, शशांक कोइराला र शेखर कोइराला छन्। शशांक र शेखर रामचन्द्रका लागि पछि हट्न तयार भए पनि प्रकाशमान भने टसको मस भएका छैनन्। आजको बैठकबाट पनि प्रकाशमान सहमतिमा नआए रामचन्द्रलाई अघि सार्ने निर्णय गर्ने मनस्थितिमा उक्त समूह पुगेको छ।


उता, सभापतिका अर्का प्रत्यासी विमलेन्द्र निधिले पनि पौडेलको हकमा आफू पछि हट्न सक्ने बताएका छन्। पौडेलको पक्षमा शेरबहादुर देउवा र प्रकाशमान सिंहबाहेक अरुको समर्थन देखिएको पौडेलको सचिवालयले दाबी गरेको छ। 

प्रकाशित: Dec 10, 2021| 13:39 शुक्रबार, मंसिर २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...