बिहीबार, भदौ ४, २०८३

नेपाली कांग्रेसको १४औं महाधिवेशन उद्घाटन सत्र [LIVE]

नेपाली कांग्रेसको १४ औं महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ।
 |  शुक्रबार, मंसिर २४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २४, २०७८

काठमाडौं– नेपाली कांग्रेसको १४ औं महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ। अहिले उिद्घाटन सत्र चलिरहेको छ। औपचारिक कार्यक्रमको उद्घाटन भने प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले गर्ने कार्यक्रम रहेको छ।

उद्घाटन समारोहमा कांग्रेसका शीर्ष नेतासँगै विभिन्न दलका प्रमुख तथा विदेशबाट आएका अतिथिले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

उद्घाटनका लागि मुख्य मञ्च भृकुटीमण्डपको प्रांगणमा तयार गरिएको छ। सहभागीलाई हेर्न सजिलोका लागि मञ्च बाहिर ठूला पाँच डिस्प्ले राखिएको छ। सञ्चारमाध्यमका लागि रिर्पोटिङ गर्न मञ्च नजिकै छुट्टै ठाउँ बनाइएको छ। सबैतिर मञ्चको आवाज सुनिने गरी ठूला साउण्ड सिष्टम राखिएको छ।

महाधिवेशनस्थलमा पार्टीका झण्डा र चुनाव चिह्न रूख अंकित झण्डाले सिंगारिएको छ भने त्यस वरपर विभिन्न स्थानमा स्वागतद्वार राखिएको छ। 

प्रकाशित: Dec 10, 2021| 13:28 शुक्रबार, मंसिर २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...