काठमाडौं– नेपाली कांग्रेसको चौधौं महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ। औपचारिक कार्यक्रमअघि सांगीतिक प्रस्तुति चलिरहेको छ।
महाधिवेशनस्थलमा कांग्रेसका नेता–कार्यकर्ता, शुभेच्छुक, सुरक्षाकर्मी तथा आम सर्वसाधारणको पनि उल्लेख्य उपस्थिति छ। महाधिवेशन स्थल उम्मेदवारहरुले ब्यानरले ढाकिएको छ।
उम्मेदवारहरुको पक्षमा भोट माग्नेहरु पनि उत्तिकै देखिन्छन्। खासगरी महामन्त्रीका उम्मेदवार गगन थापाको क्रेज बढी देखिएको छ। भृकुटीमण्डपमा गगनको पक्षमा कार्यकर्ताहरूले नारा लगाउँद्रै भोट मागिरहेका छन्। ‘मेचीकाली के भन्छ गगन थापा ल्या भन्छ, गगन थापा जिन्दावाद लगायतका नारा लगाउँदै कार्यकर्ताहरूले गगन थापाको पक्षमा भोट मागेका हुन्।