काठमाडौं- प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीइभीटी)ले डिप्लोमा, प्रमाणपत्र तह तथा प्रिडिप्लोमा तहको विशेष प्राविधिक शिक्षा तथा छात्रवृत्ति कार्यक्रमको रजिस्ट्रेसन फारम भर्न आह्वान गरेको छ।
नेपाल सरकारको विशेष प्राविधिक शिक्षा छात्रवृत्ति कार्यक्रमअन्तर्गत आंगिक र साझेदारीमा सञ्चालन स्वीकृति पाएका कलेजमा डिप्लोमा, प्रमाणपत्र तह तथा प्रिडिप्लोमा तहको शैक्षिक सत्र २०७७/०७८ का लागि लिइएको विशेष प्राविधिक शिक्षा छात्रवृत्तिको भर्ना अनुमति प्रक्रियामा सिफारिस भई भर्ना भएका विद्यार्थीलाई विशेष प्राविधिक शिक्षा छात्रवृत्ति कार्यक्रमको रजिस्ट्रेसन फारम भर्न आह्वान गरेको हो।
परिषद्बाट स्वीकृत कोटा अनुसारको मात्र विद्यार्थी संख्या हुनुपर्ने उल्लेख छ। प्रिडिप्लोमा तहका विद्यार्थीका लागि कलेजले रजिष्ट्रेन शुल्क बापत २५ सय र संस्थागत विकास शुल्क २ हजार बुझाउनुपर्ने सूचनामा उल्लेख छ।