बिहीबार, भदौ ४, २०८३

शक्ति प्रदर्शनसहित प्रकाशमानले उम्मेदवारी दर्ता गर्ने

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले शक्ति प्रदर्शनसहित उम्मेदवारी दर्ता गर्ने भएका छन्। नेता सिंहले १४औं महाधिवेशनमा शनिबार सभापतिमा उम्मेदवारी दर्ता गर्दा शक्ति प्रदर्शन गर्ने उनको सचिवालयले जनाएको छ।
 |  शुक्रबार, मंसिर २४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २४, २०७८

काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले शक्ति प्रदर्शनसहित उम्मेदवारी दर्ता गर्ने भएका छन्। नेता सिंहले १४औं महाधिवेशनमा शनिबार सभापतिमा उम्मेदवारी दर्ता गर्दा शक्ति प्रदर्शन गर्ने उनको सचिवालयले जनाएको छ।

शक्ति प्रदर्शनका लागि उनले आफ्नो सचिवालयमार्फत काठमाडौं उपत्यका भित्रका वडा कमिटीका सदस्यलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएका छन्। कम्तिमा ५ हजार समर्थकसहित उम्मेदवारी दर्ता गर्ने नेता सिंहको रणनीति रहेको छ।

उनले उम्मेदवारी दर्ता गर्दा काठमाडौंका सबै वडा कमिटीका क्रियाशिल सदस्यलाई अनिवार्य उपस्थितका लागि सर्कुलर जारी गरेका छन्। अस्पतालमा भएका बाहेक सबैलाई अनिवार्य उपस्थित हुन उनको निर्देशन रहेको सचिवालयले जनाएको छ।

को–को उपस्थित हुँदैन उसको नाम टिपोट गर्न पनि नेता सिंहले आफू निकट नेताहरूलाई निर्देश दिएका छन्।

प्रकाशित: Dec 10, 2021| 12:11 शुक्रबार, मंसिर २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...