बिहीबार, भदौ ४, २०८३

कांग्रेस महाधिवेशनमा भारतबाट ५ नेता सहभागी हुँदै

महाधिवेशनमा सहभागी हुन भारतको प्रतिपक्षी दल इन्डियन नेसनल कंग्रेसका महासचिव मुकुल वस्निक पनि काठमाडौं पुगिसकेका छन्। उनी सन् २००९ देखि २०१४ सम्म भारतको सामाजिक न्याय तथा सशक्तीकरण मन्त्री थिए।
 |  शुक्रबार, मंसिर २४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २४, २०७८

काठमाडौं-  नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा भाग लिन भारतका विभिन्‍न राजनीतिक दलका पाँच जना नेताहरु सहभागी हुने भएका छन्। शुक्रबार उद्घाटन हुने कांग्रेसको महाधिवेशनमा भाग लिन भारतका सत्तारुढ र प्रतिपक्षी दलका पाँच जना नेता काठमाडौं आइपुगेका छन्। 

नेपाली कांग्रस विदेशी पाहुना स्वागत तथा व्यवस्थापन समितिका संयोजक डा. प्रकाशशरण महतले भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका वरिष्ठ नेता एवं सांसद हर्षवर्धन तथा अर्का सांसद हरिश द्विवेदी बिहीबार नै काठमाडौं पुगिसकेको जानकारी दिएका छन्। महाधिवेशनमा सहभागी हुन भारतको प्रतिपक्षी दल इन्डियन नेसनल कंग्रेसका महासचिव मुकुल वस्निक पनि काठमाडौं पुगिसकेका छन्। उनी सन् २००९ देखि २०१४ सम्म भारतको सामाजिक न्याय तथा सशक्तीकरण मन्त्री थिए। 

यसैगरी कांग्रेस महाधिवेशनमा सहभागिताका लागि भारतको अर्को राजनीतिक दल बहुजन समाजवादी पार्टीका प्रवक्ता सुधीन्द्र भदौरिया पनि काठमाडौं आइसकेका डा. महतले जानकारी दिए। 

त्यसैगरी अल इन्डिया त्रिणमूल कंग्रेसका नेता मुलुक रोय पनि नेपाल आइपुगेका छन्। कांग्रेसले त्रिणमूल कंग्रेसकी अध्यक्ष तथा पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीलाई निम्ता दिएको भए पनि भारत सरकारले विदेश जान प्रतिबन्ध लगाएका कारण उनी नेपाल आउन नपाएको जनाएकी छन्। 

कांग्रेसले बंगलादेशकी प्रधानमन्त्री एवं सत्तारुढ अवामी लिगकी अध्यक्ष शेख हसिनालाई पनि महाधिवेशनमा आउन निमन्त्रणा गरेको छ। उनले कोभिड-१९ का कारण आउन नसक्ने जनाउँदै कांग्रेसलाई शुभकामना सन्देश पठाएकी छन्। 

उनले नेपाली कांग्रेसले बंगलादेशको स्वतन्त्रता संग्राममा गरेको महत्त्वपूर्ण योगदानको स्मरणसमेत गरेकी छन्। 

त्यसैगरी कांग्रेसले चिनियाँ कम्युनिस्ट पार्टीलाई पनि महाधिवेशनका लागि निमन्त्रणा पठाएको छ। चीनबाट पनि भौतिकरुपमा प्रतिनिधि सहभागी हुने सम्भावना कम रहेको जनाइएको छ। यसअघि नेकपा एमालेको महाधिवेशनमा पनि चिनियाँ प्रतिनिधि भौतिकरुपमा उपस्थित भएका थिएनन्। 


प्रकाशित: Dec 10, 2021| 11:09 शुक्रबार, मंसिर २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...