बिहीबार, भदौ ४, २०८३

कांग्रेस सर्लाही-३ मा संस्थापन पक्षको प्यानल नै विजयी

सर्लाहीमा जारी नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशन अन्तर्गत क्षेत्र नम्बर ३ मा पनि संस्थापन पक्ष विजयी भएको छ।
 |  शुक्रबार, मंसिर २४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २४, २०७८

सर्लाही- सर्लाहीमा जारी नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशन अन्तर्गत क्षेत्र नम्बर ३ मा पनि संस्थापन पक्ष विजयी भएको छ। शुक्रवार सम्पन्न मत परिणामअनुसार क्षेत्र नम्बर ३ मा संस्थापन पक्षको प्यानल नै विजयी भएको हो। मत परिणामअनुसार क्षेत्रीय सभापतिमा संस्थापन पक्षका पुण्यहरि प्रसाद घिमिरे ३९६ मतसहित विजयी भएका हुन्। उनको प्रतिद्वन्द्वी संस्थापनइतरका भिखारी रायले ३७४ मत मात्र पाए। घिमिरे तत्कालीन क्षेत्रीय सभापति समेत हुन्।

यस्तै क्षेत्रीय महाधिवेशन प्रतिनिधिमा २५ जनामा २४ जनाको प्यानल संस्थापनले जितेको छ भने एक जना स‌ंस्थापनइतर पक्षका विजयी भएका छन्। इतरका नेतृत्व गरिरहेका विनोद खनाल महाधिवेशन प्रतिनिधिमा विजयी हुँदा संस्थापनबाट महाधिवेशन प्रतिनिधिमा उमेद्वारी दिएका बसबरिया गाउँपालिकाका अध्यक्ष राम अयोधी राय पराजित भए। रायले ३४९ मत मात्र प्राप्त गरे।

प्यानल नै पराजित भएको संस्थापनइतरका खनालले महाधिवेशन प्रतिनिधिमा ४०३ मत प्राप्त गरेका छन्। सर्लाही निर्वाचन क्षेत्र नम्बर ३ मा संस्थापनका हरेशप्रसाद महतो र इतरका खनाल प्यानल नै घोषणा गरेर चुनावी मैदानमा उत्रीएका थिए। 

योसँगै सर्लाहीमा संस्थापन पक्षले दुई क्षेत्र र इतरले दुई क्षेत्रमा बाजी मारेका छन्। जिल्लाको चार क्षेत्रमध्ये एक र दुई नम्बर क्षेत्रमा इतर पक्ष र तीन र चार नम्बर क्षेत्रको मत परिणाम संस्थापनको पक्षमा आएको हो। संस्थापन र इतर पक्षको लामो टक्राव पछि क्षेत्रीय अधिवेशन सम्पन्न भएकोे निर्वाचन अधिकृत अरुण ज्ञवालीले जानकारी दिए। ज्ञवाली सर्लाहीमा चौथो निर्वाचन अधिकृतको रूपमा खटिएर आएका थिए।

सर्लाहीमा अझै चार वडामा अधिवेशन गर्न बाँकी छ। क्षेत्र नम्बर ३ मा एक वडा र ४ मा तीन वडाको विवादका कारण वडा अधिवेशनसमेत सम्पन्न हुन सकेको छैन।योसँगै जिल्लामा बाँकी प्रदेश र जिल्ला स्तरीय अधिवेशन केन्द्रीय अधिवेशन पछिमात्र हुने यस पहिला नै तय भइसकेको छ।

प्रकाशित: Dec 10, 2021| 09:16 शुक्रबार, मंसिर २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...