बिहीबार, भदौ ४, २०८३

कांग्रेस सहमहामन्त्रीमा अजय चौरसियाको उम्मेदवारी घोषणा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं तराई मधेश विभाग प्रमुख अजयकुमार चौरसियाले १४औं महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
 |  शुक्रबार, मंसिर २४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २४, २०७८

वीरगञ्ज- नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं तराई मधेश विभाग प्रमुख अजयकुमार चौरसियाले १४औं महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

तीन दशकभन्दा बढ़ी समयदेखि कांग्रेससँग आवद्ध भई प्रत्यक्ष रुपमा पूर्णकालीन राजनीतिमा सक्रिय चौरसियाले मधेसी कोटामा सहमहामन्त्री पदमा उम्मेदवारी दिने भएका हुन्।

कांग्रेसको १२औं र १३औं महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचित चौरसिया सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवानिकट मानिन्छन्।

१४औं महाधिवेशनको लागि तराई मधेसमा भएको अधिवेशनमा अधिकांश महाधिवेशन प्रतिनिधि देउवा पक्षधर जितेकाले चौरसिया उत्साहित हुँदै सहमहामन्त्रीमा अघि बढेका हुन्।

प्रकाशित: Dec 10, 2021| 08:45 शुक्रबार, मंसिर २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...