बिहीबार, भदौ ४, २०८३

प्रकाशमानले सभापतिमा उम्मेदवारीसँगै अवधारणा सार्वजनिक गर्ने

नेता प्रकाशमान सिंहलेनेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिमा उम्मेदवारीसँगै अवधारणा सार्वजनिक गर्ने भएका छन्।
 |  शुक्रबार, मंसिर २४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २४, २०७८

काठमाडौं- नेता प्रकाशमान सिंहलेनेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिमा उम्मेदवारीसँगै अवधारणा सार्वजनिक गर्ने भएका छन्।

सिंहले शनिबार बिहान ८ बज सिंहदरबार मुल गेट अगाडि ट्राफिक कार्यालयसँग रहेको स्काइ बैंकेटस्थित सम्पर्क कार्यालयमा उम्मेदवारीसँगै अवधारणा सार्वजनिक गर्ने भएका हुन्। कांग्रेसको महाधिवेशन आजबाट सुरु हुँदैछ। 

संस्थापनइतरले सभापतिमा साझा उम्मेदवारको कसरत गरे पनि योजना सफल हुन सकेको छैन। हालको समीकरण अनुसार इतर समूहबाट सिंह र शेखर कोइराला चुनावी मैदानी उत्रिने देखिन्छ। संस्थापन पक्षबाट भने सभापति शेरबहादुर देउवा पुनः सभापतिका उम्मेदवार बन्दैछन्। कोइरालाले सामाजिक सञ्जालमा ‘एक पटक यसै पटक’ भन्दै प्रचार अभियान थालिसकेका छन्।

संस्थापन इतरबाट एउटै साझा उम्मेदवार बनाउनुपर्ने मतमा रहेका गगन थापाले बिहीबार महामन्त्रीमा उम्मेदवारीसँगै अवधारणा सार्वजनिक गरिसकेका छन्।

प्रकाशित: Dec 10, 2021| 08:03 शुक्रबार, मंसिर २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...