शनिबार, माघ ३, २०८२

ए डिभिजन लिगमा चौथो चरणका खेल आजबाट

चौथो चरणको पहिलो खेलमा मनाङ मर्स्याङ्दी क्लबले फ्रेन्ड्स क्लबको सामना गर्नेछ भने दोस्रो खेलमा च्यासल युथ क्लबले त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ।
 |  शुक्रबार, मंसिर २४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २४, २०७८

काठमाडौं- सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत चौथो चरणका खेल आजबाट सुरु हुँदैछ। चौथो चरणको पहिलो खेलमा मनाङ मर्स्याङ्दी क्लबले फ्रेन्ड्स क्लबको सामना गर्नेछ भने दोस्रो खेलमा च्यासल युथ क्लबले त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ।

National life

खेलअघि फ्रेन्ड्स क्लबका प्रशिक्षक मृगेन्द्र मिश्र बलियो टिम मनाङविरुद्ध बलियो रणनीति बनाएर खेल्न आउने बताउँछन्। ‘मनाङ एकदम बलियो टिम हो। त्यसैले हामी ऊविरुद्ध बलियो रणनीति बनाएर खेल्छौं। तर दुखको कुरा थ्रिस्टारसँगको खेलमा हाम्रो कप्तान घाइते भएका छन्। त्यसैले उनले चौथो राउन्डसम्मका खेल गुमाएका छन्,’ उनले भने।

अहिले फ्रेन्ड्सका तीन खेलाडी घाइते छन्। तर पनि अंक खोस्ने हिसाबले मनाङसँग खेल्ने मिश्र बताउँछन्।

यता मनाङका प्रशिक्षक फुजा तोपेले सानो रिजल्टले पनि धेरै परिवर्तन गर्ने बताउँछन्। ‘हामी कुनै पनि अंक गुमाउने पक्षमा छैनौं। तयारी लामो समयकै भएको छ, हामी हाम्रो लक्ष्यलाई भेट्नेगरि खेल्नेछौं,’ प्रशिक्षक फुजाले भने,‘अर्को खेलका लागि पनि पूर्ण तयारी हुनेछ।’

मनाङ र फ्रेन्ड्सको खेल आज दिउँसो १ बजे सुरु हुनेछ। यता पौने ५ बजे सुरु हुने खेलमा आर्मी क्लबले च्यासल युथ क्लबको सामना गर्नेछ। च्यासलविरुद्ध आर्मी तीन अंक लिने  दाउमा रहेको आर्मीका प्रशिक्षक राजु तामाङ बताउँछन्।

Laxmi sunrise bank
kumari

‘च्यासलको पुरा खेलको क्यालकुलेसन गरिसकेका छौं। उसलाई कसरी बिट गर्ने भन्ने योजना बनाइसकेका छौं,’ प्रशिक्षक तामाङले भने,‘उसका विदेशी खेलाडी पनि राम्रा छन्। तर हाम्रा खेलाडी पनि राम्रा छन्। हाम्रो नयाँ खेलाडी जगजित श्रेष्ठले पनि अभ्यासमा राम्रो प्रदर्शन गरिरहेका छन्। उनी पहिलाका फर्म लिने प्रयासमा छन्।’

यता आर्मी क्लब पछिल्लो सिजनको जत्तिकै बलियो रहेको च्यासलका प्रशिक्षक बालगोपाल साहुखला बताउँछन्। उनले भने, ‘तयारी राम्रो छ, टिम बिल्डअपकै काम छ। आजको खेलमा आर्मीले कस्तो प्रदर्शन गर्ला भन्ने मात्र हो।’

उनले आफ्नो टिममा युवा खेलाडी धेरै भएका कारण यो वर्षका लागि भन्दा पनि आउँदा वर्षका लागि तयारी गरिरहेको पनि बताएका छन्। साहुखलाले यो सिजनमा शीर्ष चार नभए पनि शर्ष ६ मा रहनेगरि खेल्ने बताएका छन्।

प्रकाशित: Dec 10, 2021| 08:50 शुक्रबार, मंसिर २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।