बिहीबार, भदौ ४, २०८३

मुगुका चारवटै स्थानीय तहमा माओवादीको नयाँ नेतृत्व

मुगुका चारवटै स्थानीय तहमा नेकपा (माओवादी केन्द्र)ले नयाँ नेतृत्व चयन गरेको छ।
 |  शुक्रबार, मंसिर २४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २४, २०७८

मुगु- मुगुका चारवटै स्थानीय तहमा नेकपा (माओवादी केन्द्र)ले नयाँ नेतृत्व चयन गरेको छ।  

छायाँनाथ रारा नगर कमिटी अध्यक्षमा सुवासचन्द्र बुढा चयन भएका छन्। उपाध्यक्षमा देविकृष्ण रोकाया, कर्णबहादुर कुलाल र केशव चौलागाई चयन हुँदा मधुली नेपाली कोषाध्यक्ष बनेकी छन्। सचिवमा रत्न बढुवाल र सहसचिव दिलमाया महतारालाई चयन गरिएकाे छ।

मुगुम कार्मारोङ गाउँपालिकामा अध्यक्षमा सुनबहादुर रोकाया, सोरु गाउँपालिका अध्यक्षमा जयलाल मल्ल  र खत्याड गाउँपालिका अध्यक्षमा भरतबहादुर शाही चयन भएका छन्।

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन नजिकिँदै जाँदा स्थानीय तहका सम्मेलन अन्तिम चरणमा पुगेका छन्।

प्रकाशित: Dec 10, 2021| 07:46 शुक्रबार, मंसिर २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...